चुरोट, सुर्ती र रक्सी भन्दा कम हानिकारक हुँदैमा गाँजा हानिकारक नै छैन भन्ने कुरा गलत रहेको नयाँ अनुसन्धानले प्रस्ट संग पुष्टि गरिदिएको छ।

 गाँजा कानुनी गर्ने सम्बन्धमा भएका लगभग दश हजार अनुसन्धानका रिपोर्टहरूले भने जस्तो हदको गाँजा सेवन सबैको लागि कम हानिकारक रहेको भन्ने तथ्य हालका टारगेटेड र परिष्कृत रूपमा भएका केही अनुसन्धानहरूले गलत रहेको पुष्टि गरेको छ। 


चुरोट, सुर्ती र रक्सी भन्दा कम हानिकारक हुँदैमा गाँजा हानिकारक नै छैन भन्ने कुरा गलत रहेको नयाँ अनुसन्धानले प्रस्ट संग पुष्टि गरिदिएको छ।


गाँजा सेवन गर्नेहरू प्राय: चुरोट वा सुर्ती पनि पिउने हुँदा पहिलाका अनुसन्धान  सिगरेटको धुवाँको असर विना मानिसको स्वास्थ्यमा गाँजाले कस्तो प्रभाव पार्छ भनेर जान्न गाँजाको असर बारे मात्र बताउन असक्षम रहेको थियो। गाँजा, सिगरेट र सुर्ती वा रक्सी सबै नै पिउनेहरूका केही कम्प्लेक्सन सिगरेट, सुर्ती वा रक्सी बैगुनी चिज प्रमाणित बनेकाले तेतै तर्फ वाट आएको अवगुणको रूपमा पहिलेको अनुसन्धानहरूले लिने गर्ने गर्दथ्यो।


उक्त मिसावट को अवस्थाको कन्फ्युजन हाल आएर बिस्तारै संग्लिदै  छ। हालै नियमित रूपमा गाँजा मात्र पिउने मानिसहरूमा भएको अनुसन्धानले गाँजाले युवा र वृद्ध दुवैलाई नकारात्मक समेत असर गर्ने तथ्य पुष्टि गरेको छ । हालैको एउटा अध्ययनमा अन्वेषकहरूले औसतमा ५४ वर्षको उमेर समूहका १६०,०००  बिरामीहरूमा ४ वर्षसम्म गरेको अनुसन्धानले  गाँजा सेवन नगर्ने हरुको तुलनामा नियमित गाँजा प्रयोगकर्ताहरूमा हृदयाघात हुने जोखिम ३४% बढेको भेटिएको थियो। अर्को अध्ययनमा गाँजा सेवन गर्ने ८,५३५ युवा तथा वयस्कहरूमा गाँजा सेवन नगर्ने युवा तथा वयस्कहरूको भन्दा २०% बढी हृदयाघात वा स्ट्रोक भएको देखायो।


समग्रमा यसको निचोड के हो भने युवा होस् वा वृद्ध दुवैमा यदि उनीहरू पहिले नै हृदय रोग ग्रसित छन् भने उनीहरूमा गाँजा धूवाँको रूपमा पिउँदा वा खानाको रूपमा मुख वाट खाँदा समेत उनीहरूको हृदय रोग झन् चाप्ने गर्दछ।  हृदय रोगीहरूले  गाँजा धूवाँको रूपमा पिउन वा खानाको रूपमा  खान समेत जोखिम पूर्ण हुने प्रस्ट बनेको छ। हृदय रोगीहरूले धूम्रपान वा खानेकुराको रूपमा गाँजाको प्रयोग गर्दा उनीहरूले छिटै हृदय रोग र अकाल मृत्युको वरण गर्नु पर्ने जोखिम बढ्ने छ।