हामीमध्ये धेरैले दालचीनी खान्छौं । दालचीनी एउटा अचम्मको मसला हो जुन स्वास्थ्यका लागि अत्यन्तै लाभदायक हुन्छ । दालचीनी यसको औषधीय गुणहरूका लागि परिचित छ, जसले धेरै गम्भीर रोगहरूको जोखिम कम गर्न मद्दत गर्दछ । आयुर्वेदका अनुसार पनि दालचीनीलाई परम्परागत औषधिमा धेरै रोगहरूको उपचार गर्न प्रयोग गरिन्छ ।



दालचीनीको सेवन तौल घटाउन, ब्लड सुगर र ब्लडप्रेसर नियन्त्रण गर्नका साथै मुटुलाई स्वस्थ राख्न निकै फाइदाजनक हुन्छ । तर के तपाईलाई थाहा छ, दालचीनी थाइराइड रोगीहरुका लागि पनि निकै लाभदायक हुन सक्छ । थाइरोइडका लागि दालचीनीका फाइदाहरू बारे यसमा  हामी तपाईंलाई यसबारे विस्तृत रूपमा बताइरहेका छौं

 

 थाइरोइड रोगीहरूको लागि दालचीनी कसरी लाभदायक छ ?

 थाइराइड वा हाइपर थाइरोइडिज्म अटोइम्यून रोग र सूजनका कारण हुने गर्छ । साथै, हर्मोनमा हुने उतारचढाव पनि यसको ठूलो कारण हो । ‘अध्ययनहरूले पत्ता लगाएका छन् कि दालचीनीले ट्राइटेट्रापोलिन एमआरएनएलाई उत्प्रेरित गरेर एन्टी–इन्फ्लेमेट्री (सूजन विरोधी) लाभ प्रदान गर्दछ, । साथै, दालचीनी थाइरोइडका बिरामीहरूको लागि धेरै तरिकाले फाइदाजनक हुन सक्छ । जस्तै:

हर्मोन सन्तुलित गर्न मद्दत गर्छ: थाइराइड रोगीहरूले हर्मोन सन्तुलन कायम राख्न निकै महत्त्वपूर्ण हुन्छ । दालचीनीमा सिनामल्डिहाइड नामक रसायन हुन्छ, जसले शरीरमा प्रोजेस्टेरोन हर्मोन बढाउन मद्दत गर्छ । यसले महिलामा टेस्टोस्टेरोनको उत्पादन घटाउन पनि मद्दत गर्छ । यसले शरीरमा हर्मोनको सन्तुलन कायम राख्न मद्दत गर्छ ।

ब्लड सुगरलाई नियन्त्रणमा राख्छ: रगतमा चिनीको वृद्धि हाइपर थाइराइडिज्मको जोखिम कारक मध्ये एक हो । ब्लड सुगरलाई नियन्त्रणमा राख्नाले थाइरोइडका लक्षणहरू कम गर्न मद्दत गर्छ । दालचीनीको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र थाइरोइडको लक्षणलाई कम गर्न मद्दत गर्छ ।

शरीरमा स्वस्थ तौल कायम राख्न मद्दत गर्छ: शरीरको तौल बढ्दा वा मोटोपनाले थाइरोइडका लक्षणहरू बढाउन सक्छ । दालचीनीले तौल नियन्त्रण गर्न मद्दत गर्छ । यसले मेटाबोलिजमलाई गति दिन मद्दत गर्दछ, तपाईंको भोक नियन्त्रण गर्दछ । साथै, यो तौल घटाउन पनि सहयोगी हुन्छ ।

दालचीनी कसरी उपभोग गर्ने: आहारविद् गरिमाका अनुसार दालचीनी धेरै तरिकाले सेवन गर्न सकिन्छ । तपाईं तरकारीमा मसलाको रूपमा दालचीनी हाल्न सक्नुहुन्छ । दालचिनीको धुलोलाई दुध वा मनतातो पानीमा हालेर यसको सेवन गर्न सक्नुहुन्छ । साथै, तपाईं दालचिनीलाई आफ्नो चिया वा काढामा मिसाएर खान सक्नुहुन्छ ।


  • अल्काईको रोगमा : दालचिनीको चिया पिउने गरेमा अल्काई रोग निको हुँदै जान्छ र रगत आउन दिदैन ।
  • रुघाखोकीको ज्वरोमा : १ टुक्रा दालचिनी १ चिम्टी सुठोको धूलो ५ वटा ल्वाङ, आधा चम्चा जिरा हालेर बेसरी उमालेर दिनमा तीन पटक काँडा बनाएर पिउने गरेमा ठिक हुन्छ ।
  • दम खोकीमा : आधा चम्चा दालचिनीको धूलो, १ चिम्टी मरिचको धूलो, आधा चम्चा जेठीमधुको धुलो, ४ वटा कण्ठकारीको फल, २ चम्चा मिश्री १ माना पानीमा पकाउने र १ चौथाई भएपछि छानेर शिशीमा राख्ने र दिनको ३ पटक विहान, दिउँसो, वेलुका खाने गरेमा ठिक हुन्छ ।
  • चिसोले कपाल दुखेमा : दालचिनी र मरिचको लेप बनाएर विहान, वेलुका निधार र कन्चटमा लगाउने गरेमा चिसोले कपाल दुखेको ठिक हुन्छ ।
  • घाँटी बसेमा : सूठो, बाबरी, दालचिनीको काडा बनाएर तातै पिएमा २÷४ पटक मै ठीक भएर आउँछ ।
  • कोलस्टेरोल घटाउन : दालचिनीले कोलस्टेरोल घटाउन महत्वपूर्ण सहयोग पुर्याउछ । बिहान दालचिनी तातो पानीमा उमालेर खाँदा एकदम फाईदा पुर्याउछ ।
  • खोकीसंग जोडिएको सम्बन्ध कस्तो ?
  • उमालेको दालचिनी पानीलाई कपडाले छान्ने र दिनमा २ पटक त्यो पानी पिउने ।
  • केही दिनसम्म नियमित दालचिनी पानीको सेवन गरेमा कफको समस्या कम हुँदै जान्छ ।
  • दालचिनीलाई राम्रोसँग पिसेर धुलो बनाउने ।
  • १ चम्चा दालचिनीको धुलोलाई १ कप पानीमा मिसाउने र राम्रोसँग उमाल्ने ।
  • दालचिनीलाई महसँग मिसाएर खाँदा यी रोगसंग लड्न सहायता पुग्छ ।
  • क्यान्सर : दिनदिनै तातोपानीका साथ दालचिनीको धूलो र मह खाँदा शरीरको रोगप्रतिरोधक क्षमता बढ्छ । यसले शरीरलाई क्यान्सर सेल्ससँग लड्न सहायता पुग्छ ।
  • रुघाखोकी : जाडोमा रुघाखोकी र ज्वरो भगाउनका लागि दालचिनीको धूलो, मह र मरिच मिसाएर खानुहोस् । यसले रोग हटाउनुका साथै शरीरमा ऊर्जा प्रदान गर्छ ।
  • अल्सर : दालचिनी महमा मिसाएर खाँदा बान्ता, छेर, अपच, ग्यास, पेट दुखेको, एसिडिटी जस्ता समस्या भगाउँनुका साथै अल्सर पनि निको बनाउँछ ।
  • मोटोपन : १ गिलास पानीमा एउटा सानो चम्चा दालचिनी र मह उमालेर दिनदिनै पिउँदा कोलेस्ट्रोल २ गुणा घट्छ । दिनदिनै यसको चिया खाँदा तौल कम गर्न सहायता पुग्छ ।
  • टाउको दुखेको : टाउको दुखेको निको पार्न दालचिनी र तेजपातलाई पिँधेर चामलको पीठोमा हालेर सुँघ्नुहोस् । त्यसबाहेक त्यसमा केही थोपा तेल हालेर टाउको मालिश गर्दा पनि पीडा कम हुन्छ ।
  • मुटुरोग : मुटुलाई स्वस्थ राख्नका लागि दिनदिनै दालचिनी र मह सेवन गर्नुहोस् । रोटीमा दलेर वा चियामा हालेर प्रयोग गर्न सक्नुहुन्छ ।
  • सुन्निएको : छालाको संक्रमण, पीडा, घाउ र सुन्निएको समस्यामा दालचिनीको तेल प्रयोग गर्नुहोस् । त्यसबाहेक दाँतमा पीडा हुँदा र सास गनाउने समस्या हुँदा पनि दालचिनी मुखमा राखेर चुस्नुहोस् ।
  • जोर्नी र घुँडामा पीडा : १ महिनासम्म २ चोटी तातोपानीमा दालचिनी र मह हालेर पीडा भएको ठाउँमा मालिस गर्दा पीडा गायव हुन्छ ।
  • कस्ता मानिसले दालचिनी खानुहुँदैन ?
  • १. पेटको समस्या : खाने कुरामा अधिक मात्रामा दालचिनीको प्रयोग गर्नु पेटका लागि हानिकारक हुन्छ । यसले पेटमा जलन र ग्याँस पैदा गर्छ । यसबाहेक जो मानिसलाई अल्सर छ उनीहरूले पनि दालचिनी खानुहुँदैन ।
  • २. गर्भवती महिला : गर्भवती महिलाले दालचिनीको प्रयोग गर्नुहुँदैन । यसको प्रयोगले महिलाको पेटमा एसिडिटी र पिडा हुनेगर्छ । यसबाहेक दालचिनी खानाले समयभन्दा पहिला नै डेलिभरी हुने खतरा रहन्छन् ।
  • ३. लिभर समस्या : लिभरको समस्या भएका व्यक्तिले दालचिनीको प्रयोग गर्नुहुँदैन । यसको प्रयोगले लिभर झन् बिग्रन सक्छ ।
  • ४. रगत पातलो बनाउँछ : दालचिनीको अधिक सेवनले रगत पातलो बनाउने गर्छ । यस्तोमा जो मानिसको रगत पहिला नै पातलो छ उनीहरूले दालचिनी खानु हुँदैन ।
  • ५. त्वचामा जलन : केही महिलाहरू दालचिनीको पेष्ट लगाएर अनुहारमा निखार ल्याउने कोशिस गर्छन् । तर, जो महिलाहरूको छाला संवेदनशिल छ उनीहरूले यसको प्रयोग गर्नुहुँदैन । यसका कारण रेशेज र चिलाउने समस्या उत्पन्न हुन्छ ।

दालचीनी खाँदा पुरुषलाई हुन्छ यी ५ समस्यामा फाइदा, जान्नुहोस् यसका फाइदाहरु

दालचीनीले इरेक्टाइल डिसफंक्शनको समस्यालाई हटाउँछ

दालचीनीको सेवनले पुरुषमा इरेक्टाइल डिसफंक्शन वा इरेक्टाइल डिसफंक्शनको समस्या हट्छ । यो समस्याबाट छुटकारा पाउन दूधमा दालचीनी मिसाएर दिनहुँ सेवन गर्नुहोस् ।

इरेक्टाइल डिसफंक्शनको समस्या अत्यधिक मदिराको कारणले हुन सक्छ वा हर्मोनमा हुने परिवर्तनका कारण पनि हुन सक्छ, यसबाट बच्न दालचीनीको सेवन गर्नुपर्छ । छालामा कुनै किसिमको इन्फेक्सन भएमा चिकित्सकको सल्लाहमा मात्र दालचीनी खानुपर्छ ।

दालचीनीले पुरुषहरूमा ऊर्जा बढाउँछ

दालचीनीको सेवनले पुरुषमा शक्ति बढाउँछ । दैनिक एक चिम्टी दालचीनीको धूलो दूधमा मिसाएर पिउनाले शरीरमा उर्जा आउँछ ।

हिंग र अदुवा संग पनि सेवन गर्न सक्नुहुन्छ। दालचीनीको दूध बनाउनको लागि एक कप दूधमा दुई चम्चा दालचीनीको धूलो मिसाएर राती सुत्नुअघि सेवन गर्नुहोस्।

दालचीनीले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ

मधुमेह भएका पुरुषका लागि पनि दालचीनी लाभदायक मानिन्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्न दालचीनी पानी वा दालचीनीको चिया सेवन गर्न सकिन्छ ।

यसका साथसाथै जोर्नी दुख्ने समस्या भएका पुरुषले पनि दालचीनी र दुधको सेवन गर्नुपर्छ, दालचीनीले हड्डीमा कडापन र सुन्निने समस्यालाई हटाउन फाइदाजनक हुन्छ, दूधमा मह पनि मिसाउन सक्नुहुन्छ । मधुमेहका बिरामीले औषधि खाइसकेपछि तुरुन्तै दालचीनी खानुहुँदैन, दुईबीच दूरी राख्नुपर्छ ।

मेटाबोलिजम बढाउँछ दालचीनीले मेटाबोलिज्म दर बढाउँछ

मेटाबोलिजम बढाउनका लागि दालचीनीलाई फाइदाजनक मानिन्छ । दालचीनी चिया सेवन गर्नुभयो भने तौल पनि कम हुन्छ र मेटाबोलिक दर पनि बढ्छ । अनिद्राको समस्या भएका पुरुषका लागि पनि दालचीनीको सेवन लाभदायक हुन्छ ।

सुत्नुअघि एक गिलास दूधमा दालचीनीको धुलो मिसाएर पिउनुभयो भने राम्रो निद्रा आउँछ । दालचीनीको सेवन पाचन र पेटसँग सम्बन्धित समस्याहरू जस्तै कब्जियतको समस्या, एसिडिटी, ग्यासको समस्या आदिमा फाइदाजनक मानिन्छ। यसको सेवनले पाचन प्रणाली पनि मजबुत हुन्छ ।

दालचीनीले पुरुषहरूमा बाँझोपन निको पार्छ

पुरुषमा बाँझोपनको समस्यालाई हटाउन दालचीनीको सेवन लाभदायक मानिन्छ । बाँझोपनको समस्याबाट छुटकारा पाउन बिहान बेलुका मनतातो पानीमा दालचीनीको धूलो खाँदा बाँझोपनको समस्याबाट छुटकारा पाउन सकिन्छ, यसले घरेलु उपचारका रूपमा धेरैलाई फाइदा गर्छ तर यसको कुनै वैज्ञानिक प्रमाण भने छैन ।

-ब्लड सुगर लेभल नियमित गर्न सहयोग मिल्छ । यसले गर्दा डाइबिटिजका लागि यो प्राकृतिक उपचारका रुपमा लिने गरिएको छ ।
-एलडिएल अर्थात ब्याड कोलेस्ट्रोललाई कम गर्छ, पेस्ट बनाई खाएमा धमनीमा कोलेस्ट्रोल जम्मा हुन पाउँदैन । यसबाट हृदयघातको जोखिम कम हुन्छ ।
-अपच, ग्याष्ट्रिक तथा वान्ता हुने जस्ता समस्याका लागि पनि दालचिनी उपयुक्त हुन्छ । यस्तो समस्या भएका व्यक्तिले हरेक दिन १ गिलास पानीसँग आधा चम्चा दालचिनी पाउडर खाएमा राम्रो हुन्छ । पेटमा हुने इन्फेक्सनका लागि पनि दालचिनीको प्रयोग राम्रो मानिएको छ ।
-जोर्नीहरूमा लगाउँदा जोर्नी दुख्ने समस्या कम हुने गर्छ ।
-क्यान्सरको उपचार तथा क्यान्सर हुनबाट रोक्का लागि पनि प्रयोग गर्ने गरिएको छ । यसमा क्यान्सर सेलको विकास तथा विस्तारलाई रोक्ने क्षमता हुने अध्ययनले देखाएको छ ।
-शरीरमा रक्त सञ्चार नियमित हुने गर्छ । यसले गर्दा मेटबोलिजम रेट बढ्छ, जसले मोटोपन कम गर्न सहयोग मिल्छ ।
-दालचिनीलाई विश्वका ७ उत्कृष्ट एन्टिअक्सिडेन्ट मध्ये लिने गरिएको छ । यसको प्रयोगले शरीरमा रहेका मृत कोष हट्ने र छालाको सुन्दरता राम्रो हुन्छ ।
-यस्तै यसमा हुने एन्टिब्याक्टेलिय गुणले दाँत तथा गिँजालाई स्वस्थ राख्न सहयोग गर्छ । दाँत मसाज गरेमा दाँत तथा गिँजा सम्बन्धी समस्या कम हुन्छ ।
-चिसो लागेको वा रुघाखोकी लागेको अवस्थामा १ चम्चा दालचिनी पाउडरलाई १ गिलास पानीमा उमालेर पिउँदा फाइदा हुन्छ ।
-दमका रोगीहरूका लागि दालचिनीको प्रयोग फाइदाजनक छ भने मस्तिष्कका लागि पनि दालचिनी उपयोगी हुने देखिएको छ । यसको प्रयोगले स्मरण शक्ति बलियो हुने अध्ययनहरूबाट देखिएका छन् ।

विशेषज्ञहरूले के सुझाव दिन्छन्: आहारविद् गरिमाका अनुसार तपाईंले दिनमा १–४ ग्राम दालचीनी खान सक्नुहुन्छ । यदि तपाईं थाइराइडको समस्यामा हुनुहुन्छ भने दालचीनी तपाईंको लागि फाइदाजनक हुनसक्छ, तर यसको सेवन सुरु गर्नु अघि तपाईंले आफ्नो डाक्टरसँग परामर्श गर्नु राम्रो हुन्छ ।