भनिन्छ, माल पाएर मात्र हुन्न, चाल पनि पाउनु पयो। नेपाल सायद गरिब राष्ट्र होला तर हाम्रा रेखा क्षमता र भौगोलिक क्षमताको विशिष्टता विश्वलाई नै चकित पार्न सक्नेछन् हामी आफै भने बिनाको खोजीमा अलमलिएको कस्तूरीको मनोविज्ञान ग्रसित बनेको प्रतीत हुन्छ


खानपानमार्फत शरीरलाई सक्षम बनाउनका लागि उपयोगी हुने धेरै नेपाली रैथाने हर्बलमा एक हो, रिक्षा अर्थात् सहजन / केस्टिकट्री। मोरिकालाई अमेरिकाको कृषि विभागले मात्र १० ग्राम मोरिजाको पाउडरले १५० मिलिग्राम क्याल्सियम, १६० मिलिग्राम पोटासियम, २ मिलिग्राम आइरन, ३ ग्राम प्रोटिन दिने हुँदा यसलाई उच्च पोषण दायक सुपर फुड भनेको छ।

मोरिकामा मानव शरीरलाई नभई नहुने ९ प्रकारका एसेन्सियल एमिनो एसिडहरू हुने गर्छ। यसमा सुन्तलामा भन्दा ७ गुणा धेरै भिटामिन सी, गाजरमा भन्दा २ गुणा धेरै भिटामिन ए, केरामा भन्दा ४ गुणा धेरै पोटासियम, पालुङ्गोमा भन्दा ९ गुणा धेरै आइरन, दूधमा भन्दा १४ गुणा धेरै क्याल्सियम, दहीमा भन्दा २ गुणा धेरै प्रोटिन, जौ मा भन्दा ४ गुणा धेरै फाइबर पाइन्छ । कम्तीमा ९२ किसिमका पोषण पदार्थ भेटिने मोरिकामा ४६ थरिका एन्टी अक्सिडेन्ट, १० प्रकारका भिटामिन, १८ प्रकारका मिनिरलस, १८ प्रकारका

नन एसेन्सियल एमिनो एसिडहरू पाइन्छन् । एउटा बलियो प्रतिरक्षा प्रणालीले मानिसको शरीरलाई भाइरल सङ्क्रमण र मौसमी बिरामी आदिबाट जोगाउँछ। बिमारी परेको अवस्थामा रोगबाट निकै छिटो मुक्ति पाउन र पुनः तन्दुरुस्ती प्राप्ति गर्ने सुनिश्चितता दिन्छ । अत्यधिक प्रशोधित खाद्य पदार्थ र चिनी नभएको मोरिङ्गा जस्ता उच्च पोषणयुक्त

सुपर फुडले मानिसको स्वस्थ प्रतिरक्षा प्रणालीको विकासमा उल्लेखनीय सहयोग पुयाउछ ।

बेल्जियमको एक विश्वविद्यालयमा गरिएको अनुसन्धानले शरीरको प्रतिरक्षा प्रणाली र औषधिको सहायताबाट भाइरसविरुद्ध लडिरहेका बेला खानामा मोरिङ्गाको पातको पाउडरमार्फत उपलब्ध गराइएको शक्तिका कारण मानिसमा उचित पोषण तत्त्व उपलब्ध गराएर भाइरल उपचारको प्रभावकारिता वृद्धि गर्न सकिएको प्रमाणित गरेको छ ।

चिसो र फ्लुको सिजनमा मानिसमा जरुरी हुने इम्युन वृद्धि गर्ने च्याउ लगायतका वस्तुको विकल्प मोरिमाले दिएको देखिन्छ। मोरियाको कलेजोलाई डिटक्स गर्ने, एलर्जी हटाउने आमाशयको गडबडी रोक्ने, डिप्रेसनविरुद्ध काम गर्ने, शरीरमा इम्युन शक्ति बढाउने र शरीरले चाहिनेभन्दा बडी इम्युन सेल पैदा गरी अधिक पीडाका उत्पन्न हुने अवस्थामा निकै प्रभावकारी भूमिका खेल्न सक्ने हुँदा यो भाइरल स क्रमणका अवस्थामा सबैको छनौटमा पर्ने, जुनसुकै खाना वा मात्र सादा पानीसँग समेत खान सकिने सजिलो सम्प्लिमेन्ट हुन पुगेको हो।