हाम्रो स्वास्थ्यका लागि RO मा छानिएको पानी कति सुरक्षित छ ? Reverse osmosis

RO एक प्रविधि हो, पानी सुद्ध गर्ने कुनै विज्ञान हैन
हाम्रो स्वास्थ्यका लागि RO मा छानिएको पानी कति सुरक्षित छ ?

Reverse osmosis [ 

RO] के हो ?
RO विपरीत जलशोधन (Reverse osmosis) एक खतरनाक प्रविधिहो, पानी सुद्ध गर्ने भ्रम मात्र हो..!
यो परिधिले पानी फिल्टर गर्दा ७५% पानी खेर जान्छ।

RO प्लान्ट एक प्रविधि मात्र हो, जुन अन्य प्रविधिका साथ जोड्न सकिन्छ जस्तो- RO+UV फिल्टरेशन या RO+UV+UF सिस्टम।
के RO को पानी स्वास्थ्यका लागि हानिकारक छ?

सबभन्दा पहिले RO प्रक्रियामा के हुन्छ भन्ने कुरो जान्नु आवस्यक छ। RO सिस्टमले पानीमा भएका सबै वस्तुलाई छानेर फालिदिन्छ। र अन्तमा जे बच्छ, त्यो विसुद्ध तरल (जिरो मिनरल्सको) पदार्थ मात्र हुन्छ जसमा कुनै प्रकारका रसायन, खनिज, प्रदूषक र TDS (टोटल डिजल्वड सोलिड्स) आदि केहि पनि हुँदैनन्। स्वास्थ्य विशेषज्ञ र वैज्ञानिकहरुका अनुसार मानव शरीरले ४०० टीडीएस सम्म सहन गर्नसक्छ र खाने पानी २०० टीडीएस भन्दा माथि हुनु पर्दछ तर आर ओ प्यूरीफायर बाट निस्केको पानीमा १८ देखि २५ मात्र टीडीएस हुन्छ जुन हानिकारक छ।

TDS ले पानीमा घुलेका जम्मा पदार्थहरुको एकरुपता प्रदर्शित गर्दछ। TDS अकार्बनिक लवण (inorganic salts)का साथै अत्यन्त न्यून मात्रामा अर्ग्यानिक म्याटर बाट बनेको हुन्छ। पानीमा सामान्यतः क्याल्शियम, मयाग्नीशियम, पोटाशियम, सोडियम, नाइट्रेट्स, बाइकार्बोनेट्स, क्लोराइड्स र सल्फेट्स आदि १२ तत्व हुन्छन् र RO ले यी सबै तत्वलाई रोकिदिन्छ। यदि शरीरका लागि आवस्यक यस्ता खनिज तत्वहरु निकालिएको पानी लामो समय सम्म सेवन गर्ने हो भने स्वास्थ्यमा नकारात्मक असर पर्दछ। क्याल्शियम र मयाग्नीशियम हाम्रो शरीरका अङ्ग र कोशिकाहरुका लागि अत्यन्त आवस्यक छ।

शरीरका हड्डीहरु बलियो र स्वस्थ रहनका लागि क्याल्शियम अति जरूरी छ। पानी यसका लागि एक महत्वपूर्ण श्रोत हो। त्यसैले यदि पानीमा क्याल्शियम भएन भने समयका साथ दाँत र हड्डिहरु कमजोर हुँदै जान्छन्। क्याल्शियम हृदयको कार्यलाई सहयोग र नियन्त्रित गर्नमा पनि जरूरी छ त्यसैले यसको कमी हुँदा हानी हुन सक्छ। म्याग्नीशियम सेल मेम्ब्रेन स्टेब्लाइजर हो र यसको कमी भयो भने क्र्याम्पको कारण बन्न सक्छ। खनिज तत्वको कमी भएको RO पानीले हाम्रो इलेक्ट्रोलाइट्सलाई डाइल्यूट गर्दछ।

RO प्रक्रियामा आएको अर्को समस्या:

नेपालमा अहिले पानी सफा गर्नका लागि यो प्रक्रिया निकै चलेको छ। खासगरेर यसको प्रयोग शहरी क्षेत्रमा अधिक छ। भनिन्छ, यो प्रक्रिया दूषित पानीलाई सुद्ध गर्नका लागि हो। तर यो आधा सत्य हो र यसमा केहि भ्रामक प्रचार पनि छ। यसबाट निस्केको पानीमा PH स्तर पनि निम्न छ, जसले रगतलाई अम्लिय बनाउँछ; शरीरमा रोगको कारण नै रगत अम्लीय हुनु हो।

विश्व स्वस्थ सङ्गठन (WHO) को एक प्रतिवेदन अनुसार RO प्रक्रियामा फिल्टर गरिएको पानी हाम्रो स्वास्थ्यका लागि अत्यधिक घातक हुनसक्छ। विश्व स्वास्थ्य संगठनको प्रतिवेदनलाई मान्ने हो भने त प्याकिंग गरिएको बोतलबंद पानी लगातार लामो समय सम्म सेवन गर्दा हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्छ त्यसैले यो सबैले त्याग्नु पर्छ।

यदि कसैले यो पानी नियमित खाइरहेको छ भने उसलाई हृदय संबंधी विकार, थकान महसूस हुनु, मानसिक कमजोरी, दाँत कम्जोर र मांसपेशिमा ऐठन या सिरदर्द जस्ता समस्या हुन सक्छ।

सामान्यत: पानी भर्ने बेलामा सुती कपडालाई ७-८ पटक पट्याएर छान्ने या उमाल्नु उपयुक्त हुन्छ र माटाको घैँटोमा भरेर राख्ने। यदि तपाइँ पानी शुद्ध गर्ने भनेर आर ओ या अन्य प्यूरीफायरको प्रयोग गर्नुहुन्छ भने सावधान हुनु पर्ने छ किनकि यो तपाई र तपाइँको परिवारको स्वास्थ्यका लागि भयङ्कर घातक हुनसक्छ।अस्तु..!
जय प्रकृति..!
स्वस्थ रहौं, सुखी रहौं...!
Reverse osmosis is a water purification process that uses a partially permeable membrane to separate ions, unwanted molecules and larger particles from drinking water. Wikipedia