लसुन एक प्राकृतिक एन्टी बायोटिक औषधि हो । यसले सुगरलाई नियन्त्रित गर्ने काम गर्छ । लसुनले शरीरमा ती हर्मोनलाई सक्रिय गर्ने काम गर्छ जसले बोसोलाई जम्मा हुन दिँदैन । आफ्नो खानामा लसुनलाई समावेश गरेर हेर्नुहोस् । ग्रीन टीमा ‘क्याटेचिन्स’ नामक यौगिक तत्व पाइन्छ जसले शरीरमा अतिरिक्त बोसोलाई कम गर्न सहयोग गर्छ अनि हाम्रो पेटलाई बढ्न दिँदैन ।
यदि फास्ट फूड खाने लत नै बसिसकेको छ र त्यसलाई त्याग्न खोज्दै हुनुहुन्छ भने आजैदेखि केरा खान सुरु गर्नुहोस् । यसमा प्रशस्त मात्रामा पोटासियम पाइन्छ । यसले फास्ट फूडको लतलाई कम गर्छ र तौल कम गर्न सहयोग गर्छ । एक कप मनतातो पानीमा पुदिनाका केही पात हाल्नुहोस् । तपाईं चाहनुहुन्छ भने यसमा केही मह पनि मिसाउन सक्नुहुन्छ । अनि यसको प्रयोग गर्नुहोस्, यसको प्रयोगले पेटको बोसो कम गर्न निकै प्रभावकारी भूमिका हुन्छ ।
यदि तपाईंसँग तौल घटाउनका लागि धेरै दिन छैन भने दालचिनीको प्रयोग गर्दा तौल घटाउन समय थोरै लाग्छ । बिहानको नास्ताभन्दा पहिले र सुत्नुभन्दा पहिले यसको प्रयोग गर्न सक्नुहुन्छ । एक कप पानीमा एक चम्चा दालचिनी पाउडर मिसाउनुहोस् । यो पेयलाई दैनिक दुईपटक पिउँदा केही दिनमै असर देखिनेछ ।
यदि नियमित रूपमा तपाईं स्याउ खानुहुन्छ भने आफ्नो बढिरहेको बोसोलाई घटाउन सक्नुहुन्छ । स्याउमा पोटासियम हुन्छ जसले धेरैबेरसम्म भोक लागेको महसुस हुँदैन अनि तौल कम गर्न मद्दत गर्छ । तोफु, पालुङ्गो, चिज, ओखर, अण्डा लगायतमा ओमेगा थ्री तत्व पाइन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसोलाई हटाउन सहयोग गर्छ ।
यो पनि,कागतीका बेफाइदा पनि छन्, यस्ता अवस्थामा त खानै हुदैन जानीराखौं,कागती बहुउपयोगी फल हो । यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिनुका साथै सौन्दर्यमा पनि यसको उपयोगिता उत्तिकै छ ।
अरु के-के बेफाइदा गर्छ त कागतीले ?
कागती एक काँडेदार रुखमा फल्ने रसिलो र अमिलो स्वादमा पाईने सदाबहार फल हो । मानव स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिएको कागतीको ईतिहास हेर्दा भारत तथा चीनमा करिव २५ सय वर्ष अघिदेखि औषधोपचारमा उपयोग हुदै आएको पाइन्छ ।
अहिले त विश्वमा नै कागतीको प्रयोग नभएको स्थान कहाँ होला र ? दैनिक जीवनमा मानिसले कागती पानी सेवन गर्ने,महपानीमा पनि कागती राखेर पिउने,चियामा कागतीको रस राखेर पिउने,दाल तरकारीमा राखेर खाने,अचार बनाएर खानेदेखि विभिन्न खाद्य पदार्थमा कागतीको उपस्थिति सामान्य भैसकेको छ भने कागतीलाई विभिन्न रोगको औषधिका रुपमा पनि प्रयोग गरिएको पाईन्छ ।
कागती सबै मौसममा पाइने अत्यधिक फाइदा दिने फल हो । यसले खानामा स्वाद बढाउँने मात्र नभै यसमा औषधीय तथा सौन्दर्यबर्धक गुण समेत रहने गर्दछ । यसमा भिटामिन सी को पर्याप्त स्रोत रहेको हुन्छ ।
विभिन्न रोगमा कागती मानिसलाई दाद आएको बेलामा पाकेको बकाइनोको धुलो कागतीमा फिटेर लगाउनाले दादा निको हुन्छ भने घाँटी बसेको अवस्थामा मनतातो पानीमा कागतीको रस,नून हालेर बिहान बेलुका गारगिल गर्नाले घाँटी बसेको ठीक हुन्छ ।
त्यसैगरी
ओठ फुट्ने भएमा दूधको तरमा कागतीको रस मिसाएर दिनको २ र ३ पटक ओठमा लगाउने गरेमा ओठ फुटेको निको हुन्छ ।
फियो बढेको अवस्थामा कागतीको चुकमा ८–१० गेडा मरिच पिनेर बिहान–बेलुका लेप गरेमा ठीक हुन्छ भने मानिसलाई अजिर्ण अर्थात खाना नपच्ने भएमा छोकडा,मरिच, सिदेनुन, मुनक्का दाख र जीरा बराबर पिनेर कागती हालेर लेदो अचार बनाउने र सिसीमा राख्ने र बिहानबेलुका खाना खानु अगाडि १्१ चम्चा चाटेर मात्र खाना खाने गरेमा केही दिनमै अजीर्ण, बान्ता हुने, दीसा लाग्ने जस्ता रोग ठीक हुन्छ र बिस्तारै खाना रुच्न थाल्दछ ।
त्यस्तै ढाड दुखेमा दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ढाड दुखेको निको हुन्छ । कागती भिटामिन सी को महत्वपूर्ण स्रोत हो । सबै कागतीहरु सर्वगुणकारी हुने भएपनि कागजी कागतीलाई सबैभन्दा राम्रो मानिन्छ ।
कपाल झरेमा, कपाल सेतो भएमा, कपालमा चाया तथा जुम्रा परेमा कागतीको रसमा अमलाको धुलो मिलाएर कपाल धुनाले फाइदा हुन्छ ।
भात पकाउँदा कागतीको रस केही थोपा हाल्नाले चामल एक अर्कामा जोडिंदैन तथा चमकिलो भएर पाक्ने गर्दछ ।
डण्डिफोर हटाउँनकोलागि कागतीको रसमा मलाई मिलाएर एक महिनासम्म अनुहारमा लगाएमा डण्डिफोर हट्ने तथा अनुहार चम्किलो हुन्छ ।
कागतीको रसमा मरिच धनिया तथा भुटेको जिरा मिलाएर सेवन गरेमा पेटको विकार हट्छ ।
शरीरको कुनै भागमा चिलाएमा नरिवलको तेलमा कागतीको रस मिलाएर लगाउनाले चिलाउँदैन ।
तरकारी दाल सलाद आदिमा कागतीको मिलाउनाले स्वाद बढ्ने गर्दछ ।
कागतीको नियमित सेबनबाट शरीरको तौल नियन्त्रण चमत्कारिक ढंगले हुने गर्दछ । शरीरको मोटोपन घटाउन कागती र मह मिलाएको पानी नियमित रुपमा महिनाभर पिउनाले फरक देखिन थाल्दछ ।
कागतीमा भिटामिन सी भरपुर मात्रामा रहने भएकाले यस्को सेवनबाट शरीरको मैटाबालिज्म बढ्न जाने तथा वजन घट्ने हुन्छ । दैनिक खाली पेटमा तातोपनी कागती र मह मिलाएर खानाले बजन घट्दछ ।
यसबाहेक कागतीका फाईदाहरु
- कपाल धुने समयमा कागतीको केही थोपा पानीमा हालेर सो पानीबाट कपाल धुने गरेमा कपाल मुलायम हुने कपाल झर्न कम हुने तथा खुश्की या चाया समेत कम हुन्छ ।
- नरिवलको तेलमा कागतीको रस तथा कपुर लगाएर मालिस गर्नाले कपालमा हुने रोग रहन्न ।
- विहान नुहाउनु भन्दा अगाडि कागतीको बोक्रा मुखमा लगाएर विस्तार विस्तार २(३ मिनेट मोलेर धुने लगातार १०(१५ दिनसम्म गर्नाले मुख सफा हुने गर्दछ । यो बजारमा पाइने कुनै पनि प्रकारको ब्लिचिङ्ग क्रिम या ब्युटीपार्लरको ब्लिचभन्दा कम हुन्न ।
- कागतीको रस र गुलावजल समान मात्रामा मिलाएर अनुहारमा लगाउँनाले केही दिनमै अनुहार बेदाग तथा छाला नरम र स्वच्छ हुन्छ ।
- कागतीको रस र तुलसीको पातको रस समान मात्रामा मिलाएर कुनै काँचको भाँडामा राखेर दिनमा कमसेकम दुईपटक अनुहारमा लगाउँनाले 7.यसमा रहने मैलो तथा अन्य प्रकारको निशाना समेत मेटिने गर्दछ ।
- अनुहार जलेमा या अनुहारमा कालो दाग परेमा टमाटरको गुदीमा कागतीको रसको मिलाएर विहान वेलुका लगउने तथा केही समयपछी धुनाले फाइदा गर्दछ ।
- जस्लाई भोक कम लाग्दछ तथा पेट दुखने सिकायत रहन्छ कागतीको टुक्रामा कालो या सिधेनुन लगाएर उस्लाई तावामा तताएर चुस्नाले पेट दुखनमा आराम हुन्छ तथा भोकपनि खुलेर लाग्दछ ।
- यदि चक्कर आइरहेको छ या उल्टी भै रहेको छ भने कागतीको एक टुक्रामा कालो नुन मरिच हालेर खानाले चक्कर आउँन छोड्दछ । बमन रोकिन्छ ।
- एक ग्लास पानिमा एउटा कागतीको रस निचोरेर त्यसमा चिनी पिंधेर पिउनाले हैजा रोकिन्छ । तपाई पनि दैनिक रुपमा कागतीको सेवन गर्नुहोला । माथि उल्लेख भएअनुसारका समस्यामा कागतीको प्रयोगमा जोड दिऔं । कागती आफ्नै करेसा बारीमा फलाउन र खेती गर्न सकिन्छ ।
- पेट खराब हुने : यदि तपाई दैनिक कागतीको रस वा अमिलोको अत्याधिक सेवन गर्नुहुन्छ भने तपाईंको पेट खराब हुन सक्छ, किनभने कागतीमा एसिडको मात्रा धेरै हुन्छ । हाम्रो पेटले त्यसलाई पचाउन सक्दैन र पेट दुख्ने, उल्टि आउने सम्भावना हुन्छ ।
- दाँत झन्झनाउने : माथि नै भनियो कि कागतीमा हुने सिट्रस एसिडले दाँतलाई असर गर्छ । यदि तपाईंलाई कागती पानी पिउन छ भने सकभर स्ट्रले पिउने गर्नुहोस् । यसो गर्नाले कागती पानीले दाँतलाई छुन सक्दैन । अन्यथा दाँतमा तातो चिसो लाग्ने वा झन्झनाहट हुने समस्या हुन सक्छ ।
- डिहाइड्रेसन : कागती पानी पिउनाले बारम्बार पिसाब आउने समस्या हुन्छ, जसले शरीरमा पानीको कमी हुन सक्छ र डिहाइड्रेसन हुन्छ ।
- माइग्रेन र टाउको दुख्ने : कागती धेरै सेवन गर्नाले लगातार टाउको दुख्ने र माइग्रेनको समस्या पनि हुन सक्छ । यसमा पर्याप्त मात्रामा एमिनो एसिड हुन्छ जसले हाम्रो दिमागमा रक्तप्रवाहलाई अचानक तेज बनाइदिन्छ । यसैकारण धेरै टाउको दुख्ने र माइग्रेन हुन सक्छ ।
- मिर्गाैला र पित्ताशयको थैलीको समस्या : कागतीमा अक्सलेट पनि हुन्छ, जुन धेरै सेवन गर्नाले शरीरमा गएर पत्थर बन्न सक्छ । यस्तो क्रिस्टलाईज अक्सलेटले मिर्गौला र पित्ताशयको थैलीमा स्टोनको रुप लिन सक्छ । ६. छाला डढ्ने : हुन त हामी कागतीलाई सुन्दरताको लागि प्रयोग गर्छौं तर कागतीको अत्यधिक प्रयोगले हाम्रो छालामा सनबर्नको समस्या पनि हुन सक्छ ।