नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । पछिल्लो समय सेयर बजार सुस्त बने पनि निर्जीवन बिमा कम्पनीहरुको भाउ भने तुलनात्मकरुपमा राम्रै देखिएको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) का आधारमा हेर्दा निर्जीवन बिमा कम्पनीहरुको पीई रेसियो न्यूनतम ३०.८२ देखि अधिकतम १२०.६२ सम्म देखिएको छ ।
पीई रेसियोले १ रुपैयाँ नाफा कमाउन कति रुपैयाँ लगानी गर्नुपर्छ भन्ने विषयको जानकारी दिन्छ । यद्दपि, कम्पनी मूल्यांकनमा पीई रेसियोलाई मात्र आधार बनाउनु भने हुँदैछ । तथापि, यसले कम्पनी ओभरभ्याल्यूड छ कि अन्डरभ्याल्यूड छ भन्ने विषयको जानकारी दिन भने ठूलो मद्दत पुर्याउँछ । यसमा पनि नेप्सेमा सूचीकृत विभिन्न उपसमूहहरुको सेक्टरल आधारमा पीई फरफरक पाइन्छ । यसआधारमा एउटा समूहलाई आधार मानेर त्यस समूहभित्र पर्ने कम्पनीहरुका बीचमा मात्र पीई अध्ययन गर्नु उपयुक्त हुनेछ ।
यस्तै, कतिपय कम्पनीको पीई रेसियो उच्च हुँदा पनि लगानीकर्ताहरु बुझेरै पनि आकर्षित भइरहेका हुन सक्छन् । किन भने उक्त कम्पनीको भविष्यको सम्भावना राम्रो हुन सक्छ । कतिपय ब्लुचीप र ग्रोथ ओरियन्टेड कम्पनीहरुको पीई तुलनात्मक रुपमा महँगो हुने गरेको पनि पाइन्छ । यसर्थ, लगानीकर्ताले पीई रेसियोको अध्ययन गरी रहँदा यी कुराहरुलाई पनि ख्याल गर्नुपर्ने हुन्छ । प्रतिसेयर आम्दानी र बजार भाउलाई आधार मान्दा राष्ट्रिय बिमा कम्पनीको बजार भाउ तुलनात्मकरुपमा महँगो देखिएको छ । यसको पीई रेसियो १२०.६२ गुणा रहेको छ । अर्कोतर्फ, प्रिमियर इन्सुरेन्स भने सूचीकृत निर्जीवन बिमा कम्पनीहरु मध्ये सबैभन्दा अन्डरभ्याल्यूड देखिएको छ । प्रिमियरको पीई रेसियो भने ३०.८२ गुणा मात्र छ । लगानीकर्ताले सकेसम्म, पाएसम्म कम पीई रसियो भएका कम्पनी छनोट गर्न आवश्यक छ ।
तर पीई रेसियो एउटै सेक्टरमा पर्ने कम्पनीहरुसँग गर्नुपर्छ । साथै, पीई रेसियो बढी हुँदैमा कम्पनी लगानीका लागि योग्य छैन भन्ने सोच्नु पनि हुँदैन । कतिपय ग्रोथ सम्भावना बोकेका स्टकहरुको पीई रेसियो पनि बढी हुने गर्छ । यहाँ निर्जीवन बिमा कम्पनीहरुको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी र गत बिहीबारको बजार भाउलाई आधार बनाएर पीई गणना गरिएको छ । हेरौं, कुन इन्सुरेन्सको पीई, इपीएस र बजार भाउ कति ?
- Home-text
- सरीरीक क्षति
- GREEN HEALTH
- __आयुर्बेद उपचार
- __खाद्य पुरक
- __DropDown 2
- __DropDown 3
- MARKET
- __SHARE KHABAR
- __SHARE NEWS
- __कम्पनी विश्लेषण
- __सेयर सिक्क्षा
- __अर्थ
- SHARE
- __IPO RESULT
- __IPO Approved
- __IPO Pipeline
- __Right Share Approved
- __NEPSE ALPHA
- __Right Share Pipeline
- OUR SOCIAL MEDIYA
- __UT SHARE KHABAR
- __UT MY VISION
- __FB PAGE
- __FACEBOOK
- __FACEBOOK PAGE
- __FACEBOOK GROUP
- समाचार
- राजनीति
- सस्कृति तथा चाडपर्ब