त्यसमध्ये २० वटा हाइड्रोपावर कम्पनीहरुले ५ अर्ब ८ करोड ४१ लाख ७७ हजार ४०० रुपैयाँ बराबरको ५ करोड ८ लाख ४१ हजार ७७४ कित्ता शेयर निष्काशनको लागि आवेदन दिएका छन् । रसुवागढी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनी बाहेक सबैले आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका हुन्।
रसुवागढी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई मात्रै आईपीओ निष्काशनको अनुमति मागेका छन् । यी दुई कम्पनीले सर्वसाधारणको लागि भने यस अघिनै आईपीओ निष्काशन गरिसकेका छन् ।
रसुवागढी हाइड्रोपावर कम्पनी ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता र सान्जेन जलविद्युत कम्पनीले ३६ लाख ५० हजार कित्ता बराबरको ३६ करोड ५० लाख रुपैयाँ बराबरको शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गर्न माग गरेका छन् ।
तीन लघुवित्तले सात करोड बढीको आईपीओ निष्काशन गर्ने
तीन लघुवित्तले ७ करोड २१ लाख ५८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख २१ हजार ५८६ कित्ता शेयर आईपीओ निष्काशन गर्नेछ । उपकार लघुवित्त वित्तीय संस्था,सिवाईसी नेपाल लघुवित्त र आदर्श लघुवित्त वित्तीय संस्थाले सो बराबरको आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएका हुन्।
उपकार लघुवित्त वित्तीय संस्थाले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता, सिवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता र आदर्श लघुवित्त वित्तीय संस्थाले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
करिब दुई अर्बकाे आईपीओ निष्काशन गर्दै रिलायवल र आइएमई लाइफ
दुई जीवन बीमा कम्पनीहरुले एक अर्ब ८७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्यारेन्सले सो बराबरको आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।
रिलायवल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ थप गरी प्रतिकित्ता २१२ रुपैयाँको दरले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने छ ।
यस्तै आइएमई लाइफ इन्स्योरेन्सले पनि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्नेछ ।
डिस मिडिया नेटवर्कले करिब २४ करोडको रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । बोर्डले अनुमति दिएपछि कम्पनीले २३ करोड ८५ लाख ९२ हजार रुपैयाँ बराबरको २३ लाख ८५ हजार ९२९ कित्ता शेयर निष्काशन गर्नेछ ।