कर्डिसेप्स अत्यन्त दुर्लभ जडिबुटी हो । यसलाई नेपालमा यार्सागुम्बा भनेर चिनिन्छ । कर्डिसेप्स सिनेन्सिस्‌मा कर्डिसेपिन एसिड, पोलिस्याक्राइड्स फ्याट एसिड, एमिनो एसिड, भिटामिन, मिनरल्स, क्याल्सियम, म्याग्नेसियम, सोडियम, पोटासियम, इन्जाइमहरू, प्रोटिन लगायत थुप्रै पोषकतत्वहरू पाइन्छ । 


यसलाई यसका गुणका आधारमा जीवन शक्तिवर्धक प्राकृतिक सञ्जीवनी बुटीका रुपमा चिनिन्छ । शरिरका विभिन्न महत्वपूर्ण अङ्गहरू, किड्नी, मुटु, मस्तिष्क, कलेजो स्वास्थ्य र स्वस्फुर्त बनाउनको लागि उपयुक्त मानिन्छ । रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्ने भएकाले मानव शरिरका कोषहरूको शक्ति प्रदायक पोषणको रुपमा कर्डिसेप्सलाई लिइन्छ ।

Active elements of Cordyceps Sinensis is cordycepin acid, It acts as an anti-oxidant and helps in promoting the metabolic process. Cordyceps Sinensis contains approximately 20 elements, like as Essential amino and fatty acids, Vitamins, Including Vitamins B1, B2 & B12, E, K, Minerals, including Calcium, Magnesium, Sodium, Iron, Potassium and many other Enzymens, Sterols & Proteins etc.

 These are also important as they help in maintaining the electrolytes and elements that are homeostatic in the body.


यार्सागुम्बा (Yarsagumba) नेपाल लगायत दक्षिण एसियालि देशका केहि उच्चहिमाली क्षेत्रमा पाइने वहुउपयोगी र बहुमुल्य जडिबुटी हो । जलवायु परिवर्तन तथा अन्य कारणहरुले यार्सागुम्बाको प्राकृतिक उव्जाउमा ह्रास आउदै गरेको तथ्य पनि हामी सामु छ ।


विषेश गरि यार्सागुम्बामा हुने बहुउपयोगि औषधियुक्त तत्व जसले विभिन्न किसिमका प्रणघातक रोगहरुलाई निर्मुल पार्नका लागि उल्लेखनिय भुमिका निर्वाह गर्दछ । यस्तो वस्तुको प्रकृतिक रुपमा मात्र भर नपरि कृतिम रुपमा उत्पादन गर्नुपर्ने आवश्यक देखिन्छ । 


कर्डिसेप्स मिलिटारिस र यार्सागुम्बा एकै प्रजातिका जैविक उत्पादन भएकोले यार्सागुम्बाको विकल्पमा कर्डिसेप्स मिलिटारिसलाई लिइएको छ जसको उत्पादन विभिन्न प्रविधि मार्फत कृत्रिम रुपमा प्रयोगशालामा उत्पादन गर्न सकिन्छ । 


हाल चीन लगायतका विभिन्न विकसित देशहरुमा यसको कृत्रिम तवरले व्यवसायिक उत्पादन भइरहेको छ । सोहि प्रविधि पछ्याउदै हामिहरुले पनि प्रयोगशालामा कर्डिसेप्स मिलिटारिसको अनुशन्धान तथा उत्पादन गर्दै आएका छौ ।

नेपालमा अहिलेसम्म यसको व्यवसायिक उत्पादन तथा प्रबद्धन नभएको अवस्थामा यसको विकास, बजार प्रबद्धन तथा आम नागरिकलाई सुसुचित गराउन कस्ता उपायहरु अवलम्बन गर्न सकिएला उचित सल्लाह र सुझावको अपेक्षा गर्दछु ।


यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ ।


त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र जमिनमाथि बनस्पति हुनाले यसलाई छाताबु भन्ने गरेको विश्वास गरिन्छ । शेर्पा भाषामा यसलाई ‘यार्चा गुम्बु’ भनिन्छ । यार्सागुम्बा जसको अर्थ ‘यार्चा’ वनस्पति र ‘गुम्बु’ किरा हो ।


वनस्पति र किरासँगै भएको बस्तु यार्सागुम्बु भन्छन् । यस जडीबुटीको नाम दुईवटा शब्दहरूको संयोजनबाट बनेको हुन्छ ‘यार्सा’ र गुम्बा’ नेपाली प्रचलित भाषामा यसलाई यार्सागुम्बा भनिन्छ । नेपालका कतिपय स्थानहरूमा भने यसलाई जीवनबुटी र कसै कसैले त अश्लील नामले समेत चिन्ने गरेको पाइन्छ ।

किंवदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेर मुर्छित हुँदा नेपालको उत्तरी हिमाली भेकबाट हनुमानले यही यार्सागुम्बा लिएर गइ लक्ष्मणलाई खुवाएर बिउँझाएका थिए भन्ने कुरा प्रचलित छ । हुन पनि यो कहिल्यै मर्दैन । बनस्पति मरे प्राणी जिवितै रहन्छ, प्राणी मरे बनस्पति जिवितै रहन्छ ।


बनस्पति जिवितै रहेपछि प्राणीको पुनः जन्म हुन्छ । बसन्तकुमार शम्र्मा ‘नेपाल’ को ‘नेपाली शब्द सागर’ मा यार्सागुम्बाको अर्थ टुप्पोतिरको भाग झारपात र जरातिरको भाग किरा प्रकारको देखिने हिमाली डुलन्ते झार, तागतका लागि सुकुटीका रुपमा काम लाग्ने डुलन्ते झार भनी नेपालीमा अर्थ लगाइएको छ ।


बोलीचालीको भाषामा भनिने यार्सा, यार्सागुम्बा वा यार्सागुन्बू तिब्बती भाषाको ‘यार्ट स्वा गुन् बू’ बाट अपभ्रंश भएर बनेको शब्द हो । जसको अर्थ, गर्मीयाममा झार, हिउँदमा कीरा हो । यद्यपि, यार्सा कुनै झार भने होइन । यो एक किसिमको झुसिलकीरा र त्यसमा उम्रने परजीवी ढुसीको संयुक्त रूप हो ।


वैज्ञानिक रूपमा कीरा समूहको लेपिडेप्टेरा वर्गमा पर्ने विभिन्न जातका राती उड्ने पुतली (मथ)को फुलबाट बनेका लार्भा अर्थात् झुसिलकीरालाई जमिनमुनि बसेको अवस्थामा ओफिकोर्डेसिप्स साइनेन्सिस जातका ढुसीका बीजाणुले संक्रमण गर्छन् । 

लार्भाको शरीरभित्र बीजाणु प्रवेश गरिसकेपछि त्यो ढुसीको बीजाणु त्यान्द्रारूपी माइसेलियम (रेसारूपी कोष) मा परिणत भएर लार्भाको शरीरभरि फैलन थाल्छ ।

उक्त माइसेलियमले लार्भाको शरीरबाट खाना सोसेर त्यसलाई खोक्रो बनाउँदै लान्छ र आफ्नो शरीर लार्भाको शरीरभित्र फैलाउँदै जान्छ ।

 अन्त्यमा, लार्भाको टाउकोमा आक्रमण गरेपछि लार्भा मर्छ । र, मरेको लार्भाको टाउकोबाट ढुसीको डाँठजस्तो भाग (स्टक) पलाउँछ, जुन औसतमा दुईदेखि चार इन्चसम्म लामो, खैरो रंगको हुन्छ ।

वसन्त ऋतुमा हिउँ पग्लन थालेपछि पलाउने यस्ता डाँठ मानिसले संकलन गर्छन् । संकलन गर्दा कुटोले खनेर वा औँलाले कीरासहितको भाग जमिनबाट निकालिन्छ । अनि, सरसफाइपश्चात् केही समय शीतलमा सुकाएर यसलाई बजारमा बेचिन्छ । संकलन नभई प्रकृतिमा छोडिएका यस्ता ढुसीका डाँठ छिप्पिएपछि बीजाणु लाग्छ ।

लाखौँको संख्यामा रहेका बीजाणु माटोमा झरेपछि सुषुप्त अवस्थामा बसिरहन्छ र स्वस्थ लार्भा भेट्टाएमा आक्रमण गरी नयाँ यार्सा बनाउँछ । बीजाणुको आक्रमणमा नपरेका झुसिलकीरा प्युपा हुँदै वयस्क पुतली बन्छन् । त्यसरी बनेको पुतलीले फेरि फुल पार्छ र आफ्नो जीवनचक्र सञ्चालन गर्छ ।

त्यस कारण यार्सा बन्नका लागि एकातिर ढुसीको बीजाणु चाहिन्छ भने वयस्क पुतलीको जीवनचक्र पनि सुचारु हुन आवश्यक हुन्छ । वैज्ञानिकहरूका अनुसार पूर्ण रूपमा यार्सा बन्न दुईदेखि ६ वर्षसम्म समय लाग्छ ।

यार्सा हिमालय पर्वत शृंखलाको दक्षिणतिरको नेपाल, भारत, भुटान र हिमालपारि तिब्बतमा मात्रै पाइने रैथाने जडीबुटी हो । नेपालका चाहिँ उत्तरी २७ जिल्लामा यार्सा पाइन्छ । तर, संखुवासभा, सोलुखुम्बु, गोरखा, म्याग्दी, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, बझाङ र दार्चुला जिल्लामा धेरै मात्रामा संकलन हुन्छ ।

नेपालमा संकलन गरिने कुल परिमाणको करिब ४० प्रतिशत यार्सा डोल्पा जिल्लाबाट मात्रै आउँछ । ठाउँ हेरीकन तीनदेखि पाँच हजार मिटरसम्मको उचाइमा रहेका औसत वर्षा चार सय मिलिमिटर हुने पारिलो हिमाली घाँसे मैदान वा बुट्यान क्षेत्रमा यार्सा पाइन्छ ।

किन सुनभन्दा महँगो ? हाल उच्च गुणस्तरको यार्साको अन्तर्राष्ट्रिय बजार मूल्य सुनभन्दा पनि महँगो छ । त्यस कारण यसलाई जैविक सुन पनि भनिन्छ ।

 चीनमा उच्च गुणस्तरको यार्साको सरदर मूल्य ७० लाख रुपियाँ प्रतिकिलोसम्म पर्छ । सरसामान किनबेच गरिने वेबसाइट इबेमा यसको मूल्य ५० हजार अमेरिकी डलर अर्थात् ५० लाख रुपियाँ प्रतिकिलो राखिएको छ ।

 गत वर्ष काठमाडौँमा यसको २० देखि ३० लाख रुपियाँ प्रतिकिलोसम्ममा किनबेच भएको थियो । विश्वभरमा बर्सेनि करिब ५ देखि ११ अर्ब अमेरिकी डलर बराबरको यार्साको व्यापार हुने अनुमान छ ।

चीनले विश्वमा उत्पादन हुने यार्साको ९५ प्रतिशतभन्दा बढी बजार ओगटेको छ भने नेपालले दुईदेखि तीन प्रतिशतसम्म । त्यस कारण चीन यसको प्रमुख उत्पादक र बजार दुवै हो ।

 विकिपिडियाका अनुसार सन् २००४ देखि २०१३ सम्ममा चीनमा यसको बजार मूल्य एक हजार प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने नेपालमा विगत १३ वर्षमा यसको बजार मूल्य २ हजार ८ सय प्रतिशतसम्म बढेको छ ।

चीनको आर्थिक उन्नतिसँगै बढिरहेका नवधनाढ्यबीच यार्सा महँगो फ्रेन्च स्याम्पेनजस्तै लोकप्रिय छ । उनीहरूले आफूसँग यार्सा हुनुलाई ‘स्ट्याटस सिम्बोल’ (प्रतिष्ठाको प्रतीक)का रूपमा लिने हुनाले महँगो मूल्य तिर्न हिचकिचाउँदैनन् । यार्सालाई ठूला सरकारी अधिकारीहरूसँग काम पट्याउन घूसको रूपमा प्रयोग गर्ने गरेका समाचार चिनियाँ अखबारमा आइरहेका हुन्छन् ।

नेपालबाट विदेश निकास हुने यार्सा चीनलगायत हङकङ, सिंगापुर, जापान र अमेरिकासम्म पुग्छ । चिनियाँ मूलका नागरिक बसोवास गर्ने संसारका सबै जसो सहरमा यार्सा बिक्री–वितरण हुन्छ । हिजोआज इन्टरनेटमार्फत पनि ठूलो परिमाणमा यसको खरिद–बिक्री हुन्छ ।

यार्सा अर्थात हिमालयन भियाग्रा : प्राचीन चिनियाँ उपचार विधिमा यार्साको प्रयोग सयौँ वर्षअघिदेखि गरिँदै आएको छ । यार्साका बारे पहिलोपटक सचित्र वर्णन न्याम्नी दोर्जीले सन् १४७५ तिर लेखेको एन ओसन अफ एफ्रोडिजिएकल क्वालिटिज, अ स्पेसल वर्क अन यार्सागुन्बु भन्ने पुस्तकमा भेट्न सकिन्छ । तर, विश्वमा यसको अत्यधिक चर्चा भने सन् १९९३ मा जर्मनीमा भएको विश्व ट्रयाक एन्ड फिल्ड प्रतियोगितापछि मात्रै हुन थालेको हो ।

उक्त प्रतियोगितामा तीन चिनियाँ महिला खेलाडीले १ हजार ५ सय, ३ हजार र १० हजार मिटरको दौडमा पाँच विश्व रेकर्ड कायम राखे । 

खेलाडीको उत्कृष्ट प्रदर्शनको रहस्य दैनिक अभ्यासका क्रममा यार्सा सेवन गर्नु हो भनेर प्रशिक्षकले खुलासा गरिदिएपछि यसको चर्चा र खोजी विश्वभरि विषेशतस् पश्चिमा सञ्चारमाध्यमहरूमा हुन थालेको हो । त्यसपछि यसको चर्चासँगै यसको मूल्य पनि अकासिएको छ ।

परम्परागत चिनियाँ उपचार विधि अनुसार यसको प्रयोग दम, कलेजो, मुटु र मिर्गौलाको रोगमा गरिन्छ । नेपालमा स्थानीय रूपमा झाडापखाला, टाउको दुख्ने, हातगोडा दुख्ने उपचारका निम्ति यसलाई प्रयोग गरिन्थ्यो । यद्यपि, अहिले यसको अत्यधिक उपयोग भने यौन शक्तिबद्र्धक टनिकका रूपमा गरिन्छ । त्यस कारण यसलाई ‘हिमालयन भियाग्रा’ भनेर बजारमा बेचबिखन गरिन्छ ।

यार्साले साँच्चै यौनशक्ति बढाउँछ त रु यो आमजिज्ञासा हो । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका वैज्ञानिकले गरेको अनुसन्धानले यार्साको नियमित सेवन गर्ने पुरुषको पिसाबमा १७–केटास्टोरोइड भन्ने तत्त्व बढी हुने देखाएको थियो । उक्त तत्त्वले पुरुषमा एन्ड्रोजिनलगायतका सेक्स हर्मोनको उत्पादन बढाउँछ । 

एउटा सर्वेक्षणमा यार्सा नियमित सेवन गर्ने ६४ प्रतिशत मानिसले आफ्नो यौन शक्ति बढेको बताएका थिए ।

पछिल्लोपटक सात जना ३० देखि ४० वर्ष उमेरका खेलाडीलाई यार्साबाट बनेका ‘सप्लिमेन्ट’ तीन महिनासम्म खुवाएर परीक्षण गर्दा उनीहरूमा सेक्स हर्मोन, टेस्टस्टेरोन बढेको देखिएको थियो । अर्को अनुसन्धानले यार्साले मानिसको शरीरमा भएको कोषको शक्तिबद्र्धक एटीपी उत्पादन बढाउने देखाएको छ ।

यार्सागुम्बामा कोर्डिसेपिनलगायत अन्य न्युक्लेओसाइड, कोर्डिसेपिक एसिड, एमिनो एसिड, असन्तृप्त फ्याट्टी एसिड, कार्बोहाइड्रट, पोलिसाक्काराइड, भिटामिन, सुगर, प्रोटिन, स्टेरोल, मेलानिनजस्ता रासायनिक पदार्थ पाइन्छ । यसमा पाइने केही रासायनिक तत्त्वहरू क्यान्सर र ट्युमर उपचारमा पनि उपयोगी देखिएको हालै भएका वैज्ञानिक अनुसन्धानहरूले पुष्टि गरेका छन् ।

के को लागि प्रयोग गरिन्छ : यार्सागुम्बालाई यौनशक्तिबर्धक र सर्वगुण सम्पन्न जडिबुटीको रूपमा लिइन्छ । खोकी, दम, क्षयरोग, लगायतका रोगलागेमा पनि यसलाई औषधीको रुपमा प्रयोग गन्छि । 

बीर्यमा शुक्राणुको संख्या बढाउन र शुक्राणुलाई स्वस्थ्य राख्न अण्ड र डिम्बाशयको खराबी कमलपित्त जन्डिसमा पनि यसको प्रयोग हुने गरेको छ । त्यस्तै स्नायु सम्बन्धी रोग, मांशपेसीको दुखाई, श्वासप्रश्वास सम्बन्धी रोग निको पार्न समेत यसको प्रयोग हुने गर्छ । 

त्यसैले यो बहुमूल्य जडीबुटी बनेको छ । सन् २००१ सम्म यार्सागुम्बा व्यापारिक प्रयोजनमा नआए पनि अहिले भने यसको मूल्य प्रतिकिलो ३२ लाखसम्ममा किनबेच हुने गरेको छ ।