इशारा कोइराला
 
काठमाडौं : वाणिज्य बैंकहरुले असोज १ गतेबाट लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकहरुको आधार दर (बेस रेट) घटेको छ भने केहीको बढेको छ । आधार दरका अनुसार बैंकले कर्जा प्रवाह गर्ने भएकाले पनि केही बैंकको कर्जाको ब्याजदर घटेको छ भने केहीको बढेको छ ।

हालसम्म असोज १ गतेदेखि लागू हुने गरी १७ बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सानिमा बैंकले बचतको मात्रै ब्याजदर सार्वजनिक गरेको छ । अधिकांश बैंकको साधारण बचत र मुद्दति निक्षेपको ब्याजदर भने बढेको छ । हेरौं, कुन बैंकले कर्जा र निक्षेपमा कति प्रतिशत ब्याज दिन्छन् ?
 
बेस रेट घट्यो कि बढ्यो ?
 
नयाँ ब्याजदर सार्वजनिक गरेका बैंकहरुको बेसरेट मिश्रित देखिएको छ । अर्थात,  केहीको बेस रेट घटेको छ भने केहीको बढेको छ । सार्वजनिक ब्याजदरलाई हेर्दा केही कम्पनीहरुले मासिक रुपमा आधार दर सार्वजनिक गरेर कर्जाको ब्याजदर निर्धारण गरेका छन् भने केही बैंकहरुले त्रैमासिक रुपमा आधार दर निर्धारण गरेको पाइएको छ ।

त्रैमासिक रुपमा आधार दर निर्धारण गर्ने बैंकहरुले असार मसान्तको आधार दरलाई आधार मानेर कर्जाको ब्याजदर निर्धारण गरेका छन् । केही बैंकहरुले साउनको आधारदर सार्वजनिक गरेर असोजको ब्याजदर निर्धारण गरेको सूचना सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदरलाई हेर्दा केही बैंकको आधारदरमा थोरै मात्र परिर्वतन भए पनि प्रिमियमको अधिकतम सीमा भने यथावत रहेको छ । 


अधिकांश बैंकले बचत र मुद्दति निक्षेपमा बढाए ब्याज
 
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले साधारण बचत र मुद्दति निक्षेप दुवैको ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा अल्पकालीनरुपमा न्यून तरलताको अवस्था उत्पन्न भएसँगै बैंकहरुले बचतको ब्याजदर बढाएका हुन् ।

अहिले अधिकांश बैंकले मुद्दति निक्षेपमा अधिकतम ८% भन्दा बढी ब्याजदर दिने सूचना जारी गरेका छन् । यता, साधारण बचतमा अधिकतम ५% सम्म ब्याज दिने बैंकहरुले जनाएका छन् । हेरौं कुन बैंकले बचत र मुद्दति निक्षेपमा कति प्रतिशत ब्याजदर दिन्छन् :