साथै कम्पनीले बोनश पश्चात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत अघि सारेको छ।
लाभांश वितरणको लागि कम्पनीले असोज २४ गते चौविसौ वार्षिक साधारणसभा आह्वान गरेको छ। उक्त सभाबाट पारित भएपछि शेयरधनीले प्रस्तावित लाभांश पाउने छन्।
लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार असोज १० गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।