नेपाल धितोपत्र बोर्डले धितोपत्रमा लगानी गर्ने लगनीकर्ताहरुलाई धितोपत्रको करोबार गर्दा धितोपत्रमा निहित जोखिम मुल्याङ्कन गरी कारोबार गर्न आग्रह गरेको छ। बोर्डले हाल जोखिमयुक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरु छनौंट गरी प्रारम्भिक अध्ययन गरेको थियो।

उक्त संस्थाहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ्ग लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा समेत विस्त्रित कार्य अगाडि बढाईएको धितोपत्र बोर्डले जानकारी गराएको छ।

बोर्डको अनुसार जोखिममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, चन्द्रागिरि हिल्स, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, माथिल्लो तामाकोशी, नेपाल लाईफ इन्स्योरेन्स,हिमालयन डिष्टिलरी, बिशाल बजार, साल्ट ट्रेडिङ्ग, सिभम सिमेन्ट्स जस्ता अन्य कम्पनीहरु परेका छन्।

जोखिममा पर्नुको कारणमा धितोपत्र बोर्डले कम्पनीहरुको एक वर्षमा ३ सय प्रतिशत भन्दा बढीले मुल्य वृद्धि, मुल्य आम्दानी अनुपात सय भन्दा बढी, प्रति शेयर आम्दानी ॠणात्मक र प्रति शेयर किताबी मुल्य अंकित मुल्यभन्दा कम रहेको जानकारी गराएको छ।

धितोपत्र बोर्डको प्रेस विज्ञप्ती तल हेर्नुहोस् ।