यहाँ हामी गेट्सले मन पराएका र अरुलाई पनि पढ्न सुझाव दिएका ५ वटा किताबहरुका बारेमा बताउँदैछौँ
:द राइड अफ अ लाइफटाइम
यो किताबका लेखक बब इगर हुन्। यो किताबमा कुनै ठूलो कम्पनीको सीईओमा कस्तो प्रकारको गुण र क्षमता हुनुपर्छ भनेर राम्रो ढंगले बताइएको छ। यसमा लेखकले आफ्नो डिज्नीको यात्राका बारेमा समेत चर्चा गरेका छन्।
ह्वयर गुड आइडियाज् कम फर्म
यो पुस्तकका लेखक स्टिभन जोनसन हुन्। उनले यो पुस्तकम सफल हुनका लागि सिर्जनशील हुन आवश्यक रहेको बताएका छन्। बिल गेट्सका अनुसार यो किताब ती व्यक्तिका लागि विशेष उपयोगी हुन सक्छ, जो व्यापार–व्यवसाय वा शिक्षाको क्षेत्रमा आबद्ध छन्।
दी च्वाइस
यो पुस्तकका लेखक इडिथ इभा इगर हुन्। बिल गेट्सका अनुसार यो किताब कोरोना महामारीजस्ता चुनौतीपूर्ण अवस्थामा पढ्दा मानिसहरुलाई कठिन परिस्थितिको सामना गर्न सहयोग पुर्याउन सक्छ।
गुड इकोनोमी फर हार्ड टाइम
यो किताबलाई अभिजित भी बेनर्जी र इस्थर डुुब्लोले लेखेका हुन्। यो किताबले अमेरिकाजस्तो सम्पन्न राष्ट्रको अर्थशास्त्रीय दृष्टिकोणबाट इमिग्रेसन, असमानता र राजनीतिका बारेमा चर्चा गरेको छ।
क्लाउड एटलस
यो नोभेल डेबिट मिचेलले लेखेको हुन्। बिल गेट्सका अनुसार यो किताबमा हजारौँ वर्षदेखि बदलिँदै आएका वस्तुहरु र नबदलिने वस्तुहरुका बारेमा चर्चा गरिएको छ। यसमा मानवीय मूल्य मान्यताका बारेमा समेत चर्चा गरिएको छ।– एजेन्सी
source .bizshala.com