राष्ट्रपति बिद्या भण्डारीले मध्यरातमा संसद बिघटन गरेकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेकाे दाबी पूर्ण नभएको भन्दै खारेज गरेपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरी निर्वाचनकाे घोषणा गर्ने निर्णय गरेको हो ।
सरकारले प्रतिनिधिसभाको निर्वाचनका राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि याे निर्णय अाएकाेहाे ।
प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेको याे दाेस्राे पटक हाे । यसअघि प्रधानमन्त्री ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाखमा निर्वाचन गर्ने घोषणा गरेका थिए तर सर्वोच्च अदालतले फागुन ११ गते सरकारको सो निर्णय उल्टाइदिएको थियो ।
राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको हो ।