• api-power-company-ltd_5_14_2018_10_44_47_10_27_2020_8_27_41_10_30_2020_8_10_19.jpg
 अपि पावर कम्पनीले जेठ २० गतेदेखि १ः०.२९३८ अनुपातमा (२९.३८%) हकप्रद सेयर बिक्री खुला गर्दैछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । अपिले हकप्रद सेयर बिक्रीका लागि वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, वैशाख २८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यस हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

अपिको हकप्रद सेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।  हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

अपि पावरको हकप्रद सेयरलाई रेटि% एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यसअघि, अपिले गत कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद सेयर बिक्री गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यही पुँजीबाट १ः०.२९३८ अनुपातमा हकप्रद बिक्री गर्न लागेको हो । अब यो हकप्रद बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । यता, अपिले आगामी आर्थिक वर्ष २०७८–७९ मा पनि पुँजी वृद्धि गर्ने योजना बनाएको छ । हकप्रदको आह्वानपत्रमा उल्लेख गरेअनुसार अपिले आगामी आर्थिक वर्षमा थप १ अर्ब ८ करोड ६० लाख रुपैयाँ पुँजी विस्तार गर्ने देखिएको छ ।आगामी आर्थिक वर्षमा कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५८ करोड २७ लाख ५६ हजार रुपैयाँ पुँजी पुर्याउने प्रक्षेपण रहेको छ । अपिले ४० मेगावाट क्षमताको अपर चलेमिया जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन चरणवद्ध रुपमा हकप्रद सेयर जारी गर्न लागिएको जानकारी गराएको छ । हाल यसको अधिकृत पुँजी ५ अर्ब र जारी पुँजी ४ अर्ब रुपैयाँ छ ।