चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश हाइड्रोपावर कम्पनीहरुको वित्तीय विवरण त्यति सन्तोषजनक देखिदैन। धेरै कम्पनीहरुले गत आर्थिक वर्षको तुलनामा नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेका छन्।

नेप्सेमा सूचीकृत ३१ हाइड्रोपावर कम्पनीहरुमध्ये तेस्रो त्रैमाससम्ममा आठ हाइड्रोपावर कम्पनी घाटामा रहेको देखिएको छ भने २२ कम्पनीले नाफामा रहेको वित्तीय विवरण सार्वजानिक गरेका छन्। शिव श्री हाइड्रोपावरले भने आय व्ययका विवरण नै सार्वजानिक गरेको छैन।

  • चिलिमेको सञ्चालन र नाफा सबैभन्दा धेरै

तेस्रो त्रैमाससम्ममा चिलिमे हाइड्रोपावर कम्पनीले सबैभन्दा धेरै ५१ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ। यस्तै बुटवल पावरको पनि नाफा ४५ करोड माथि छ।

यस अवधिमा अपर तामाकोशी सबैभन्दा धेरै साढे ३ करोड रुपैयाँले घाटामा रहेको छ।

चैत मसान्तसम्ममा ३१ कम्पनीको औषत नाफा ६ करोड ९४ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा सञ्चालन नाफामा पनि चिलिमे अगाडि देखिएको छ। उसले यस अवधिमा ५५ करोड रुपैयाँ सञ्चआलन आम्दानी गरेको छ।

  • २६ कम्पनीले विद्युत बिक्रीबाट कमाए साढे ५ अर्ब, ५ कम्पनीको छैन विद्युत बिक्रीबाट हुने आम्दानी

चैत मसान्तसम्मममा सूचीकृत २६ कम्पनीले विद्युत बिक्रीबाट कुल ४ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गरेका छन्। जसमा चिलिमेको सबैभन्दा धेरै ८० करोड रुपैयाँ छ।

सूचीकृत पाँच कम्पनीले भने अझै विद्युत उत्पादन शुरु नगरेको कारण विद्युत बिक्रीबाट आम्दानी गर्न सकेका छैनन्।

  • अपर तामाकोशीको चुक्ता पूँजी सबैभन्दा धेरै, बुटवल पावर रिजर्भमा अगाडि

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अपर तामाकोशीको चुक्ता पूँजी सबैभन्दा धेरै १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ भने दिव्यश्वरी हाइड्रोपावरको सबैभन्दा कम २६ करोड रुपैयाँ छ।

रिजर्भमा भने बुटवल पावर सबैभन्दा अगाडि रहेको छ। उसको रिजर्भमा सबैभन्दा धेरै ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। १२ वटा हाइड्रोपावरको रिजर्भ भने नकारात्मक रहेको छ।

  • प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थमा बुटवल पावर अगाडि

चैत मसान्तसम्ममा बुटवल पावरको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ सबैभन्दा धेरै देखिएको छ।

उसको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७१ पैसा छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ४६ पैसा छ। यस हाइड्रोपावर कम्पनीहरुध्ये सबैभन्दा धेरै हो।

यस्तै दिव्यश्वरी हाइड्रोपावरको प्रतिशेयर नेटवर्थ सबैभन्दा कम छ भने प्रतिशेयर आम्दानी पनि ९ रुपैयाँले ऋणात्मक छ।

  • बुटवल पावर र अरुण काबेलिको मूल्य आम्दानी सबैभन्दा कम, रु रुको शेयरमूल्य उच्च

जेठ ९ गतेको अन्तिम बजारमूल्य अनुसार बुटवल पावर र अरुण काबेलि हाइड्रोपावरको मूल्य आम्दानी अनुपात सबैभन्दा कम २२ गुणा रहेको देखिएको छ। माउन्टेन इनर्जीको भने मूल्य आम्दानी अनुपात उच्च छ।

यस्तै शेयरमूल्यको आधारमा भरखरै आइपीओ निष्काशन गरेको रु रु जलविद्युत कम्पनी सबैभन्दा अगाडि देखिएको छ। उसले शेयरमूल्य १ हजार रुपैयाँभन्दा माथि छ जुन हाइड्रोपावर कम्पनीहरुमध्ये सबैभन्दा धेरै हो।

  • रु रु र अरुण काबेलिको आरओई सबैभन्दा धेरै

चैत मसान्तसम्मको तथ्याँक हेर्दा रु रु जलविद्युत र अरुण काबेलि हाइड्रोपावरको लगानीमा प्रतिफल सबैभन्दा धेरै देखिएको छ। यी दुबै हाइड्रोपावरको आरओई १५ प्रतिशत रहेको छ।