कम्पनीको वित्तीय आम्दानी पनि १ अर्ब २५ करोेड ५१ लाख रुपैयाँबाट २१.३०% ले घटेर ९९ करोड ९० लाख रुपैयाँमा सीमित भएको छ । यस अवधिमा व्यवस्थापन तथा सञ्चालन खर्च १६.६७% ले घटेर २ करोड १९ लाख रुपैयाँबाट १ करोड ८२ लाख ५३ हजार रुपैयाँमा आएको छ । त्यस्तै, कर्मचारी लाभ कोष पनि १५.२१% ले घटेर ६ करोड ५२ लाख २६ हजार रुपैयाँमा सीमित भएको छ ।
एचआइडीसीएलले गत वर्षको तेस्रो त्रैमासमा ९२ लाख ७७ हजार रुपैयाँ प्रोभिजन गरेकामा चालु आवको सोही अवधिमा ६९.१४% ले घटेर २८ लाख ६३ हजार रुपैयाँ मात्र जोखिम व्यवस्थापन कोषमा राखेको छ । कम्पनीको चुक्ता पुँजी ५०% ले बढेर १६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । बैंक डिपोजिट ९.७६% ले घटेर ११ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । कम्पनीको जगेडा कोषमा ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । पुँजी लगानी २.१५% ले बढेर ३५ करोड ६५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, विभिन्न परियोजनाहरुको कर्जा प्रवाह २०.२४% ले बढेर ३ अर्ब २५ करोड ६१ लाख रुपैयाँबाट ३ अर्ब ९१ लाख ५१ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ १९ पैसाबाट घटेर ५ रुपैयाँ १६ पैसामा झरेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८१.७३ गुणा तथा प्रतिसेयर कुल सम्पति ११२ रुपैयाँ रहेको छ ।
एचआइडीसीएलले यस्तो निकाल्यो वित्तीय विवरण, शतप्रतिशत हकप्रद पनि आउँदै
फ्लोरसिट

एचआइडीसीएलको गत दुई हप्ताको फ्लोरसिट अध्ययन ५८, ४२, ४४ तथा ३८ नम्बर ब्रोकरबाट सबैभन्दा धेरै खरिद भएको देखिन्छ । त्यस्तै, ५८, ३९, ५९ र ३४ नम्बर ब्रोकरबाट धेरै बिक्री पनि भएको पाइन्छ । ब्रोकर नं ५८ बाट सर्वाधिक ६ लाख ५३ हजार ४१५ कित्ता सेयर खरिद भएको छ भने ब्रोकर नम्बर ५८ बाटै सबैभन्दा धेरै ३ लाख ४० हजार ४३५ कित्ता बिक्री पनि भएको देखिन्छ ।
बजार मूल्य हेर्दा ५४० रुपैयाँदेखि ५६० रुपैयाँभित्र १० लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । ब्रोकर कमिसनसँग समायोजन गर्दा ५५५ देखि ५८० रुपैयाँसम्म लागत पुग्छ । सोही अवधिको फ्लोरसिट हेर्दा ५८, ४२ तथा ४४ नम्बर ब्रोकरबाट खरिद भएको सेयर बिक्रीमा नआएकाले बढी होल्डिङमै रहेको देखिन्छ । एचआइडीसीएलको १ महिनाको फ्लोरसिट हेर्दा भने ५८, ३९ तथा ४२ नम्बर ब्रोकरले नै बढी सेयर होल्डिङ गरेको देखिन्छ ।

इलियट वेभ सिद्धान्त (प्राविधिक विश्लेषण)

इलियट वेभ सिद्धान्तको आधारमा एचआइडीसीएको मेजर वेभ ३ सकेर वेभ ४ बन्ने प्रकियामा रहेको देखिन्छ । मेजर वेभ १ तथा मेजर वेभ २ बाट फिबोनासी रिट्रेसमेन्ट लाइन पहिलो टेवा ४६५ रुपैयाँको विन्दुमा पर्न आउँछ । सम्भवतः ०.२३% को करेक्सनपछि मेजर वेभ ५ बन्नेछ । यही कारणले मेजर वेभ ३ को तह ५५५ रुपैयाँ विन्दु निकै संवेदनशील रहेको छ ।
इलियट वेभ सिद्धान्तले लगानीकर्ताको मनोविज्ञानमा हुने लगातार परिवर्तनलाई आवधिक तथा दीर्घकालीन मूल्य प्रवृत्तिमा खोजी गर्ने गर्दछ । यस सिद्धान्तमा ट्रेन्ड सेटअप गर्ने इम्पल्सिभ वेभ तथा करेक्सनको संकेतको रुपमा करेक्टिभ वेभको आधारमा विश्लेषण गरिन्छ ।

प्राविधिक विश्लेषण

मैनवत्ति आकृति विश्लेषण
जल विद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको सेयर भाउ केही सातादेखि लगातार बढेको छ । यस साता डोजी आकृतिको साप्ताहिक मैनवत्ति बनेको छ, जसको माथिल्लो र तल्लो भाग लामो छ ।
दैनिक १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई)
१४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ६४.५० को स्केलमा छ । गत साता आरएसआई ७३ को स्केलमा रहेको थियो ।
मुभिङ एभरेज कन्भरजेन्स डाइभरजेन्स (एमएसीडी)
केही सातादेखि मूल्य बढेको एमएसीडी साताको अन्त्यतिर बियारिश क्रस हुने अवस्थामा रहेको छ । हिस्टोग्राम सेन्ट्रल लाइन पनि घट्दो ट्रेन्डमा छ ।
कमोडिटी च्यानल इन्डेस्क
गत बिहीबार कारोबार बन्द भएसँगै कमोडिटी च्यानल इन्डेस्क १९६ बाट घटेर ७२ को स्केलमा आएको छ ।
एभरेज डिरेक्सनल इन्डेस्क
एभरेज डिरेक्सनल इन्डेस्क ५०.८२ को विन्दुमा रहेको छ । एभरेज डिरेक्स्नल इन्डेस्कको दुई रेखा पोजेटिभ डिरेक्स्नल रेखा र नेगेटिभ डिरेक्स्नल रेखाबीचको दूरी धेरै रहेको छ ।
निष्कर्ष
जलविद्युत लगानी तथा विकास कम्पनीको तेस्रो त्रैमासमा २०.९४% ले नाफा घटेर ६३ करोड ८९ लाख रुपैयाँमा सीमित भएको छ । वित्तीय क्षेत्रको अत्याधिक तरलताले ब्याजदर घट्दा मुनाफामा संकुचन आएको हो । यसले गर्दा कम्पनीको प्रमुख वित्तीय आम्दानी पनि १ अर्ब २५ करोेड ५१ लाख रुपैयाँबाट घटेर ९९ करोड ९० लाख रुपैयाँमा आएको छ । यस संस्थाको सञ्चालन खर्च र प्रोभिजन रकम क्रमशः १६.६७% र ६९.१४% ले घटेको छ ।
त्यस्तै, विभिन्न परियोजनाहरुको कर्जा प्रवाह २०.२४%% ले बढेर ३ अर्ब ९१ लाख ५१ हजार पुगेको छ । यस संस्थाको सहायक कम्पनी रेमिट हाइड्रोमा ३५ करोड ५० लाख रुपैयाँ तथा सिम्बुवा रेमिट हाइड्रोमा ३५ करोड १२ लाख रुपैयाँ सेयर लगानी रहेको छ ।
कच्चा पदार्थको अभाव, दक्ष जनाशक्ति अभाव, आयातमा निर्भर उपकरणहरु, विदेशी विनियम तथा कोभिड १९ महामारीको जोखिमका कारण जलविद्युत आयोजनाको लागत वृद्धि हुनाका साथै निर्माण अवधि लम्बिने भएकाले नाफामा नकारामक असर पर्न सक्ने सम्भावना पनि हुन्छ । गत वर्ष यस कम्पनीले मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । यसले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।
प्राविधिक सूचकहरु १४ दिने आरएसआई रिलेटिभ स्ट्रेन्थ इन्डेक्स ७३ बाट ६४.५० को स्केल, कमोडिटी च्यानल इन्डेस्क १९६ बाट घटेर ७२ तथा एभरेज डिरेक्स्नल इन्डेस्क ५०.८२ को विन्दुमा आएको छ । एमएसीडी साताको अन्त्यतिर बियरिस क्रस हुने अवस्थामाा रहेको छ । हिस्टोग्राम सेन्ट्रल लाइन पनि घट्दो ट्रेन्डमा छ । यी सबै प्राविधिक सूचकहरुले अल्पकालमा भाउ केही प्रभावित हुन पनि सक्ने संकेत गर्छ ।

सावधानी : यो विश्लेषण आफैंमा पूर्ण होइन । लगानीकर्ताले थप अध्ययन अनुसन्धान गरेरमात्र लगानी सम्बन्धी निर्णय लिनु हुन अनुरोध गरिन्छ ।